२०८३, मंसिर १३ गते

शनिवार, मंसिर १३ गते २०८३

राष्ट्रपति पौडेल - रास्वपा सभापति लामिछाने भेट

' मुलुकको राजनीतिक अवस्था - सरकारको काम कारबाहीबारे छलफल '

शुक्रवार , मंसिर १२, २०८३

 

काठमाडौं, मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति लामिछाने शुक्रबार बिहान राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए।

भेटका क्रममा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको काम कारबाही,संसद्को भूमिका तथा सरकारले अघि सारेका अध्यादेशलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

साथै भेटमा वर्तमान राजनीतिक परिस्थितिका विविध पक्षमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार