काठमाडौँ, मंसिर ।
नेपाली कांग्रेसको १५ओैँ महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोईरालाले पार्टीका अधिवेशन महाधिवेशनहरूलाई नेतृत्व परिवर्तन गर्ने, प्रतिष्पर्धा गर्ने अवसरका साथै पार्टी र संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन ।
कांग्रेसको १५ ओैँ नियमित महाधिवेशन अन्तरगत पर्सा जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन ।
डा कोईरालाले भने - ' पार्टी अधिवेशन महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिष्पर्धा हुन्छ । यो स्वभाविक हो । तर हामीले अधिवेशन महाधिवेशनलाई पार्टीलाई एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्छ ।'
डा कोईरालाले अधिवेशन महाधिवेशनलाई पार्टीलाई एकताबद्ध बनाउने अवसरका रूपमा उपयोग गर्न सके नेपाली कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने स्पष्ट पारे । उ
नले भने - ' कांग्रेस एकताबद्ध भए कसैको तागतले हराउन सक्दैन् । वडादेखि केन्द्रसम्मका अधिवेशनमा हामी पार्टीलाई एकताबद्ध बनाउने अभियानका रूपमा उपयोग गर्न सके सबै चुनावमा कांग्रेस बलियो बन्छ । पद एउटा हुन्छ आकांक्षा राख्ने साथी धेरै हुन्छन । हामीले अधिवेशनमा एकताबद्ध बनाउन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ ।'
डा कोईरालाले वीपी २०३३ सालमा नेपाल फर्कदा गणेशमानजीले फरक मत राखेको प्रशंग उल्लेख गर्दै नेताले गरेको निर्णय सबैले पालना गर्नुपर्ने बताए ।
उनले भने, ' ३३ सालमा वीपीको नेपाल फर्कने निर्णयमा गणेशमाजी सहमत हुनुहुन्थेन तर वीपीले नेपाल फर्कने निर्णय गरेपछि गणेशमानजीले वीपी मेरो नेता हो ।
उनले निर्णय गरेपछि मैले निर्णय मान्ने मेरो दायित्व हो भन्दै नेपाल फर्के ।' उनले वीपी कोईरालाको बाटोमा हामी हिड्न सके सबै संकटबाट कांग्रेस र मुलुकलाई पार लगाउने बताएका छन ।
डा कोईरालाले भने, वीपीले लिएको बाटो भनेको उनको अडान, उनको निर्णय गर्ने शैली, साथीहरूका कुरा सुन्ने धैर्यता, परिस्थितिको विश्लेषण गर्ने तरिका हो । यी कुरा पछ्याउन सके हामीले जस्तोसुकै संकटबाट पनि पार पाउन सकिन्छ ।