२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

" महाधिवेशनमा सहभागी नभएका नेतालाई कारबाही गरौँ "

बिहिवार , मंसिर ११, २०८३

 

 

काठमाडौं, मंसिर ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार पनि सांगठनिक कार्यभार लगायतका कार्यसूचीमाथि सदस्यहरूले धारणा राखेका छन्।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सांगठनिक कार्यभार तथा ' नेपाली कांग्रेस तयार छ ' अभियान, स्थानीय निर्वाचनको सन्दर्भ, प्रतिपक्षको भूमिका र सरकारको गतिविधिका बारेमा सदस्यहरुले धारणा राखेका हुन्।

बैठकमा भोटेकोसी तथा बूढीगण्डकी बाढीपीडित र विस्थापित सुकुम्बासीको अवस्था, १५औँ महाधिवेशनबाट पारित नीति-दृष्टिकोण र समसामयिक मुद्दा जनतामाझ लैजाने विषयमा पनि छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले जानकारी दिए।

बैठकमा भातृ संस्थाको सबलीकरण, बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने, नागरिकका दैनिक जीविकाका कठिनाइ सम्बोधन गर्ने र वडा तथा टोल तहसम्म पार्टी परिचालन गरी बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने विषयमा पनि धारणा राखिएको उनले बताए।

त्यस्तै उनले एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्नको दुरुपयोग गरी अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यो दुरुपयोग रोक्न निर्वाचन आयोगलाई आग्रह गर्न आफूले प्रस्ताव राखेको जानकारी दिए।

विगतमा रुख चिह्नबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधि तथा पदाधिकारीमध्ये मूल प्रवाहमा नदेखिएका, महाधिवेशन तथा नियमित प्रक्रियामा सहभागी नभएकालाई सचेतका साथै कारबाही गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार