२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल कम्युनिष्ट पार्टी एमाले 

अध्यक्ष ओलीले भने : "  सत्ता गठबन्धन खरानीको डल्लो जस्तो, फुट्न सक्छ " 

'कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे,  सम्भव छैन '

बुधवार , फाल्गुण १६, २०८०

 

काठमाडौँ, फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन् । गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले 'त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने'  टिप्पणी गरे । 

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगकाे कुराकानीमा अध्यक्ष ओलीले  भने, ' आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको छ । '

अध्यक्ष ओलीले सत्तारुढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको आरोप लगाए । उनले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे पनि सम्भव नभएको बताए । 

कांग्रेसले महासमिति बैठकबाट संविधान संशोधन गर्ने भनेछ । तर अहिले कांग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था छैन,' उनले भने, 'कांग्रेस प्रतिगामी ढंगले अघि बढिरहेको छ ।'

उनले सरकारले एमालेले दिएको सुझाव र खबरदारीलाई समेत बेवास्ता गरेको आरोप लगाए । ‘नेकपा एमालेसँग मेजरिटी छैन । हामी सरकारभन्दा बाहिर छौं । प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । 

त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन,' ओलीले भने, 'गठबन्धन भनेर धेरै दम्भ नदेखाए हुन्छ । यो गठबन्धन ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिन ।  किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार