२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

वैदेशिक लगानी 

विज्ञको सुझाव : " भित्रयाउन संरचनात्मक सुधारमा ध्यान दिउँ " 

कानूनी संरचनासहित लगानीयोग्य आयोजना निर्माणमा विशेष ध्यान दिनुपर्ने

शुक्रवार , बैशाख २९, २०८०


काठमाडौँ,  बैशाख । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानूनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को अन्तिम सत्रका वक्ताहरूले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानूनी संरचनासहित लगानीयोग्य आयोजना निर्माणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० का नेपालका लागि आवासीय प्रतिनिधि टेरेसा दबन सान्चेजले भने, “नेपालको कानूनी संरचना सुधार्नुपर्छ, दिगो अर्थतन्त्रका लागि आयातमा आधारित राजस्व प्रणालीलाई परिवर्तन गर्नुपर्छ । त्यसका लागि उत्पादनमूलक क्षेत्रमा लागनी बढाउनुपर्छ ।” 

उनले वैदेशिक लगानी आकर्षित गर्नका लागि आयोजना कार्यान्वयन क्षमता अभिवृद्धि र नीतिगत सुधारमा विशेष केन्द्रित हुन पनि सुझाव दिए । 

त्यसैगरी एसियाली विकास बैंका प्रमुख अर्थशास्त्री जान हान्सेनले नेपालमा लगानीमैत्री वातारण बनाउनका लागि प्रविधिमैत्री हुनुपर्ने बताए । 

अर्थशास्त्री हान्सेनले सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा नै लगानीको वातावरण सिर्जना हुने भएकाले आपसी सहकार्य गर्दै लागनीका क्षेत्र पहिल्याउनेतर्फ ध्यान दिन आग्रह गरे ।  

त्यसैगरी संयुक्त राष्ट्रसङ्घ, वित्तीय विकास कोषका राष्ट्रिय कार्यक्रम संयोजक सरोज नेपालले नेपालका सङ्घ, प्रदेश र स्थानीय तहमा थुप्रै आयोजनाहरू रहेको उल्लेख गर्दै लगानीयोग्य आयोजना भने पाउन मुस्किल रहेको बताए ।  

उनले लगानीयोग्य आयोजना तयार भएको अवस्थामा मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित हुने भएकाले त्यस्ता योजना तयारमा विशेष ध्यान जानुपर्नेमा उनको जोड थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार