२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाल - भारत छलफल 

भारतीय लगानीका केही ठेक्का अलपत्र  : " तोड्न छलफल "

बथनाहा–विराटनगर रेल सञ्चालन, रक्सौल–काठमाडौँ निर्माणमा कुराकानी

सोमवार , बैशाख ४, २०८०

 

काठमाडौँ, वैशाख । भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ । समस्याग्रस्त छ–सात ठेक्का तोड्ने विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको हो । 

उहाँहरूबीच लामो समयदेखि अलपत्र योजना तोड्ने विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका छन । 

सचिव शर्माका अनुसार बथनाहा–विराटनगर रेल सञ्चालन र रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण विषयमा पनि कुराकानी भएको थियो ।
 
भारतीय एक्जिम बैंकको लगानीमा विभिन्न योजना निर्माणाधीन छन् । ती योजना भारतीय निर्माण कम्पनीले लामो समयदेखि निर्माण सम्पन्न गरेका छैनन् । दाङको लमही–घोराही सडक खण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो । 

सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन् ।  मन्त्री ज्वाला र राजदूत श्रीवास्तवबीच रक्सौल–काठमाडौँ रेल सेवा निर्माणका विषयमा पनि कुराकानी भएको छ । सो रेलमार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । 

भेटमा नेपाल–भारत सीमामा रहेका रेलमार्गका विषयमा पनि काराकानी भएको छ । बथनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा कुराकानी भएको सचिव शर्माले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार