२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भन्सार विभाग भन्छ

चालु आर्थिक वर्षका ८ महिना : " मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब "

बुधवार , चैत्र ८, २०७९

 

काठमाडौँ, चैत  । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर रहेको भन्सार विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो ।

गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको हो । 

९ महिनामा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।   आयात गत वर्षको सोही अवधिको तुलनामा १९.१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार