२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल राष्ट्र बैंक भन्छ 

चालु आर्थिक वर्षको सात महिना : " छ खर्ब ८९ अर्ब विप्रेषण भित्रियो "

'अघिल्लो वर्षको सोही अवधिकाे विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घट्याे '

आइतवार , फाल्गुण २८, २०७९


काठमाडौँ, फागुन । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७ दशमलब तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १० दशमलब एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ बराबर पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ६५ दशमलब नौ  प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५ दशमलब दुई  प्रतिशतले वृद्धि भई रु सात खर्ब ५९ अर्ब ११ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलब सात प्रतिशतले घटेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार