काठमाडौँ, पुस । नेपालका ठूला परियोजनानमा लगानी बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका छन । उनले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकार समक्ष अपिल गर्दै भने, लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुन्छ । प्रधामनमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनपछि भने, अहिले चीनले नाकाहरु खोल्ने र रेलवे निर्माणका लागि सर्वे प्रक्रिया अघि बढाएको छ ।
उनले थपे, अन्य ठूला परियोजना अघि बढेको छ,दाहालले भने, म चीन सरकारसँग अपिल गर्न चाहान्छु यसलाई गति दिएर नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।ुप्रधानमन्त्री दाहालले कार्यक्रममा अब पोखरा धेरै राष्ट्रसँग सिधै सम्पर्क गर्ने केन्द्र बनेको पनि बताए । यसले कास्की, गण्डकी प्रदेश र नेपालकै अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने सुनिश्चित रहेको उनको भनाइ थियो ।
दाहालले आफ्नो चीन भ्रमणको स्मरण गर्दै चिनियाँ नेतृत्वसँग पहिलो पटक चीन जाँदा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग र महासचिव तथा राष्ट्रपति सी चिनफिङसँग पनि पोखरा विमानास्थल निर्माणबारे चर्चा गरेको बताए ।पोखरा विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको परियोजना हो । योसहित नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् ।