२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

रसुवागढी सीमा नाका

३ वर्षपछि नेपाली वस्तु निर्यात : 'मंगलबार ८ कन्टेनर सामान चीन निकासी'

मंगलवार , पौष १२, २०७९


रसुवा, पुस । रसुवागढी नाकाबाट  झन्डै ३५ महिनापछि  नेपाली सामान चीनतर्फ निर्यात भएको छ ।  कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको  हो । सो कुराको जानकारी रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले  दिएका छन । 
आज, मंगलबार, नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार,  मंगलबार करिब ५० लाख नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको छ । 
कोरोनाका कारण रोकिएको निर्यात आजदेखि खुलेको छ । मंगलबार बाँसका मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायतका वस्तु चीनतर्फ निर्यात भएको छ, भण्डारीले बताए ।
कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवत जावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ ।
रसुवागढी चीन- नेपालमा व्यापारको  सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ता चप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार