२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

चाैथाे संस्करणकाे पीएम कप पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदै

शनिवार , माघ १७, २०७७

काठमाडौं, माघ । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ ।

दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ ।

आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई संस्करणकाे फाइनलमा पराजित भएकाे थियाे । दाेस्राे संस्करणमा एपीएफले आर्मीलाई नै हराएर उपाधि जितेकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार