२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

मेस्सीको दुई गोलले बार्सिलोना विजयी

बिहिवार , पौष २३, २०७७

काठमाडौँ, पुस । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ ले हराएको छ । गएराति एथ्लेटिक बिल्बाओको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गरेभने पेड्रीले एक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा बिल्बाओका इनाकी विलियम्स र इकर मुनियानले एक एक गोल गरेका थिए । जितसँगै बार्सिलोना स्पेनिस लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट उसको ३१ अंक भएको छ ।

समान खेलबाट ३६ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा रहँदा दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार