२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मनसुनी वायूको प्रभाव देशभर

देशभर यो साता : ' यी स्थानमा हुने छ मुसलधारे वर्षा '

शनिवार , श्रावण ९, २०८३

 

काठमाडौं, साउन ।

देशभर नै मनसुनी वायूको प्रभाव रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा आसपास नै रहने छ भने साताको अन्त्यमा नेपालको पश्चिमी भू-भागमा सरदर स्थान भन्दा उत्तरतिर सर्ने छ। हिमाली भू-भाग अन्तर्गत कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

पहाडी भू-भागमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

साताभर थोरै स्थानमा भारी वर्षा र मध्यमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा केही स्थानमा तथा मध्य र अन्यमा धेरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ।

साताको सुरु र अन्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। तराई भू-भागमा साताको सुरुमा  केही स्थानमा तथा मध्य र अन्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा तथा मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा तथा सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

देशभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार