काठमाडौं, असार ।
सरकारले राहदानी नियमावलीको अनुसूचीमा हेरफेर गरेको छ।
बिहीबार परराष्ट्र मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै राहदानी नियमावली, २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची- २ को खण्ड ' ख' को सट्टा देहायको खण्ड 'ख' राखी संशोधन गरेको जानकारी दिएको सचिव अमृतबहादुर राईले जानकारी दिए।
राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न दुई दिन राहदानी सेवा बन्द गरेको छ।
विभागले सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण बिहीबार र शुक्रबार नयाँ राहदानीका लागि आवेदन तथा सम्बन्धित सेवा स्थगित हुने जनाएको थियो।
विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ।