काठमाडौँ, चैत ।
प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई कारबाही गरे लगत्तै उक्त मन्त्रालयको जिम्मेवारी आफैँ लिएका हुन ।
मन्त्री साह पदमुक्त भएपछि प्रधानमन्त्री बालेन्द्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी लिएका हुन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले मन्त्रीको जिम्मेवारी हेरफेर भएको जानकारी गराएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार श्रम मन्त्रालयको जिम्मेवारी बिहीबारबाट प्रधानमन्त्रीले लिएका हुन । प्रधानमन्त्री वालेन्द्रले श्रममन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका हुन ।
प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को सिफारिस अनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन ।