२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

रामेछाप दुर्घटना : ' मृत्यु हुनेको संख्या २ पुग्यो '

सोमवार , फाल्गुण १८, २०८२

 

रामेछाप, फागुन । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी रामेछापमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा। केशव धामीले जानकारी दिए ।

मन्थली अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको बताइएको छ। उहाँ रामेछाप नगरपालिका –२ साँघुटार वडा कार्यालय भवन ख मतदान केन्द्रका मतदान अधिकृत हुनुहुन्थ्यो।

मृतक घिमिरे मन्थली नगरपालिका ७ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको खुलेको छ । सोमबार अपरान्ह निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको निशान ट्रक रामेछाप नगरपालिका - २ स्थित वडा कार्यालय नजिकैको सिरुवारी भिरबाट खसेको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए ।

३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्युभएको थियो।

रामेछाप नगरपालिका -२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उहाँसहित ३ जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन्।

दुर्घटनामा घाइते भएका २ जना पुरुष र ३ जना महिलालाई उपचारका लागि नेपाली सेना को हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार