काठमाडौँ, माघ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताएका छन ।
कांग्रेसले सुरुआत गरेको कांग्रेस डबली संवादका क्रममा आज आयोजित पहिलो संस्करणमा उनले बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दाबी गरे ।
नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पनि पार्टी, स्वरूप, शैली र आचरणमा परिवर्तन ल्याएको छ, प्रवक्ता चालिसेले भने, ' युवा पुस्तामा कांग्रेस आएको छ।
आशाको सिर्जना भएको छ। कांग्रेस बदलेको मात्र होइन, देश बदल्ने अठोटका नीतिसहित आएको छ।