२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस

सभापति थापाले भने : ' सजिलो छोडेर अफ्ठ्यारो बाटाे रोजेँ '

शनिवार , माघ १०, २०८२

 

काठमाडौँ, माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताएका छन ।

सर्लाही क्षेत्र नम्बर ४ मा युवाहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उनले काठमाडौं–४ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको जिकिर गरे ।

काठमाडौं - ४ मा आफ्नो उम्मेदवारी घोषणा नहुँदासम्म अन्य प्रतिस्पर्धी दलले उम्मेदवार खोज्न नसकेको उनको भनाइ छ ।

मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने विषयको टुङ्गो नलागेसम्म अन्य प्रतिस्पर्धी दलले उम्मेदवार नै खोज्न सकेनन्, उनले भने, मैले काठमाडौँमा नलड्ने निर्णय गरेपछि मात्रै नयाँ र पुराना दलबाट उम्मेदवारी दर्ता भयो।

उनले आफू सर्लाही - ४ मा उम्मेदवार बनेपछि काठमाडौँका मतदाता स्तब्ध बनेको दाबी गरे । यस सन्दर्भमा उनले काठमाडौँका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गरे ।

मैले काठमाडौंका मतदातालाई पर्याप्त रूपमा चित्त बुझाउन सकेको छैन, उनले भने, तर म आफैँले जानेर, बुझेर नै सर्लाही ४ रोजेको हुँ। म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, यस पटक आँट गरेर आएको हुँ।

कांग्रेसको सभापति भएपछि मधेशलाई जोड्नैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति थापाले पार्टीको भविष्य मधेशसँग गाँसिएको धारणा व्यक्त गरे। उनका अनुसार आफू मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने स्पष्ट बुझाइमा पुगेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार