२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभा निर्वाचन

काठमाडौंका यी १० क्षेत्र : ' २५७ उम्मेदवार, १ मा सबैभन्दा बढी '

मंगलवार , माघ ६, २०८२

 

काठमाडौँ, माघ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा कुल २५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार संघीय राजधानीका यी क्षेत्रहरूमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । आयोगका अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

अन्य क्षेत्रहरूको अवस्था हेर्दा क्षेत्र नम्बर ७ र ४ मा उत्साहजनक सहभागिता देखिएको छ, जहाँ क्रमशः २८- २८ जनाले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै, क्षेत्र ५, ९ र १० मा २७- २७ जना तथा क्षेत्र नम्बर ३ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

काठमाडौंका यी क्षेत्रहरूमा दलीय उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेख्य रहेको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी दर्तासँगै राजधानीमा चुनावी सरगर्मी बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार