२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कांग्रेस आधिकारिकता

आयोगकाे बहुमतबाट निर्णय : ' विशेष महाधिवेशन पक्ष आधिकारिक '

शुक्रवार , माघ २, २०८२

 

काठमाडौँ, माघ । निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई वैधता प्रदान गरेको छ । एक जना आयुक्तको असहमितका बीच अयोगका बहुमतले उक्त निर्णय गरेको हो ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शम्शेर जबराले विशेष महाधिवेशन पार्टीको सर्वोच्च निकाय रहेकाले त्यसको निर्णयलाई आधिकारिकता दिने पक्षमा उभिए ।

आयुक्त जानकीकुमारी तुलाधरले भने त्यस निर्णयप्रति आफ्नो असहमति दर्ज गराइन् । आयोग स्रोतका अनुसार असहमति जनाउँदै गर्दा उनले तर्क भने केही गरिनन् । यस निर्णयमा मेरो असहमति छ उनको भनाइ त्यति मात्रै थियो ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा रहेको दलमा पदाधिकारी हेरफेर भए दल दर्ता किताबमा अद्यावधि गर्नुपर्ने व्यवस्था अनुसार विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गरिदिने निणय बहुमतले गरेको हो ।

आयोगले आफ्नो निर्णयमा कांग्रेस पार्टीको विधान १७ (२) मा रहेको ४० प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन बोलाउपर्ने व्यवस्थालाई बाध्यकारी मानेको छ ।

केन्द्रीय समितिले त्यसलाई अनदेखा गरेर जान मिल्दैनथ्यो, स्रोतले भन्यो, ' कारण खुलाएर ४० प्रतिशत बढी प्रतिनिधिले विशेष महाधिवेशन बोलाएपछि बोलाउनुपर्थ्यो भन्ने निष्कर्षमा आयोग पुगेको हो । केन्द्रीय समितिल नबोलाएपछि दुई जना महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशनलाई आयोगले प्रक्रियासम्मत मानेको छ ।

केन्द्रीय कार्यालयको जिम्मेवारी महामन्त्रीसँग हुने भएकाले दुई जना पदाधिकारीले आह्वान गरेको विशेष महाधिवेशनलाई अन्यथा भन्न नमिल्ने आयोगको निर्णयमा उल्लेख छ । केन्द्रीय समितिले नबोलाएको अवस्थामा महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशनलाई आयोगले सही ठहर गरेको छ ।

कांग्रेसको विधानको प्रस्तावनामै लोकतन्त्रलाई आदर्श मानिएको उल्लेख गर्दै आयोगले आफ्नो निर्णयमा लोकतान्त्रिक मूल्य मान्यतालाई शब्दमा मात्रै नभई व्यवहारमा अनुसरण सबैले गर्नुपर्ने भनेको छ ।

महाधिवेशन माग गर्न पाउने विधानको व्यवस्थालाई केन्द्रीय समितिले अनदेखा गर्नुलाई आयोगले लोकतान्त्रिक अभ्यासमाथि नियन्त्रणको प्रयासका रूपमा व्याख्यासमेत गरेको छ ।

आयोगले पार्टीको विधानमा रहेका व्यवस्थाहरूलाई आफ्नो निर्णयको मुख्य आधार बनाएको छ । आयोगमा रहेको कांग्रेसको अभिलेखबाट साबिकको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नामावलीलाई हटाएर गगनकुमार थापा सभापति रहेको र महाधिवेशनबाट चयन भएका अन्य पदाधिकारीहरुको नाम राख्न आयोग बैठकले सचिवालयलाई निर्देशन समेत दिएको स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार