२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

'निर्वाचन आयोगले मान्यता नदिए देशभरि आन्दोलन ' :  पूर्णबहादुर खड्का

शुक्रवार , माघ २, २०८२

 


काठमाडौं, माघ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आन्दोलनका निम्ति तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।  निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशभरि आन्दोलन गर्ने उनले चेतावनी दिएका हुन्। 

'विधान विपरीत गलत निर्णय भयो भने आन्दोलन गर्नुको विकल्प हामीसँग छैन,' उनले भने। उनले निर्वाचन आयोगबाट गलत निर्णय पनि हुनसक्ने आशंका व्यक्त गरे। ‘हामीमाथि कुनै षड्यन्त्र हुनसक्छ। 

गलत निर्णयविरुद्ध आवश्यक परे विरोधमा जानका लागि तयार रहनुपर्छ,' उनले भने। गाउँ गाउँ, वडा वडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुने उनको चेतावनी दियो।

कार्यवाहक सभापति खड्काले आफूहरूले निर्वाचनमार्फत संविधानलाई ट्र्याकमा ल्याउन चाहेको र  निर्वाचन आफूहरूको पहिलो प्राथमिकतामा भएको बताए।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार