काठमाडौं, माघ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक ललितपुरमा बस्दैछ।
बुधबार मध्यरातमा विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज दिउँसो बस्न लागेको हो। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको छ।
विशेष महाधिवेशनले पार्टी सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीमा डिला संग्रौला, प्रकाश रसाइली, बहादुरसिंह लामा, उदयशमशेर जबरा, मुक्ताकुमारी यादव, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढालाई निर्विरोध चयन गरेको छ।
यता संस्थापन पक्षले बुधबार केन्द्रीय कार्यसमिति बैठक राखेर विशेष महाधिवेशन आह्वान गरी पार्टीको नीति विपरीत कार्य गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।