२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

केन्द्रीय कार्यसमिति बैठक

संस्थापन पक्षले भन्यो : ' महामन्त्रीद्वय थापा र शर्मा कारबाहीमा

बुधवार , पौष ३०, २०८२

 

काठमाडौँ, पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीलाई कारबाही गर्ने निर्णय गरेको कांग्रेस नेता कुन्दनराज काफ्लेले  सञ्जाचारकमीर्लाइर जानकारी  दिए ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

कारबाहीमा पर्ने सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर रहेका छन् । विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ ।

योसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार