२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस

प्रवक्ता डा.महतले भने : ' निकास निकाल्न अत्यधिक लचकता '

मंगलवार , पौष २९, २०८२

 

काठमाडौं, पुस । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार सम्मका लागि स्थगित गरिएको छ। मंगलबार बोलाइएको बैठक बस्दै नबसी बुधबार बिहानसम्मका लागि स्थगित गरिएको हो।

विशेष महाविधेशन पक्षसँग सहमतिको प्रयास जारी रहेकाले बैठक सारिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए।

बुधबारसम्म सकारात्मक निकास निस्कने उनको भनाइ छ। प्रवक्ता महतले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा जानुपर्ने बताए। महाधिवेशनका बारेमा पार्टीले गरेको आधिकारिक निर्णयमा नै अघि बढ्नुपर्ने उनको जोड थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार