२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कांग्रेसको विशेष महाधिवेशन : ' भोलिसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै '

सोमवार , पौष २८, २०८२

 

काठमाडौँ, पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार बैठक मंगलबारसम्म लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् ।

उनले भने, ' महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार