२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

विशेष महाधिवेशनको उद्घाटन

महामन्त्री थापाले भने : " सिस्टम र संविधान जोगाउनु छ "

'कांग्रेस दास र लासहरूको पार्टी होइन, जीउँदो मानिसहरूको हो, कुनै बा छैन, जसले नबोल भन्छ '

आइतवार , पौष २७, २०८२

 

काठमाडौं, पुस । महामन्त्री गगनकुमार थापाले नेपाल कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जीउँदो मानिसहरूको पार्टी भएको बताए।

' कांग्रेस दास र लासहरूको पार्टी होइन। जीउँदो मानिसहरूको पार्टी हो। प्रश्नहरू मरेको छैन। यहाँ कुनै बा छैन, जसले नबोल भन्छ।' हामी बोल्न छोड्दैनौं। यहाँ हामी सबै बराबर छौं,' उनले भने।

उनले जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न नसक्ने बताए। महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताए।

' चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्नेछ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ,' उनले भने।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार