२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

काँग्रेस विशेष महाधिवेशन

उपसभापति गुरुङले भने : ' एकताबद्ध गरेर जान छलफल जारी '

बिहिवार , पौष २४, २०८२

 

काठमाडौँ, पुस । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध गरेर अघि बढाउने विषयमा निरन्तर छलफल भइरहेको बताएका छन ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको तथा केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको सन्दर्भमा दुवै विषयलाई मिलाएर लैजानेबारे छलफल चलिरहेको जानकारी दिए ।

उनले पुस २६ गतेदेखि बोलाइएको विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा पार्टीभित्र सहमति जुटाएर अघि बढ्ने प्रयास भइरहेको उल्लेख गरे।

सबैको साझा चाहना पार्टीलाई अझ बलियो बनाउने नै रहेको उनको भनाइ छ। उपसभापति गुरुङले भने, ' कुनै न कुनै बिन्दुबाट सबैलाई मिलाएर लैजाने विषयमा हाम्रो छलफल भइरहेको छ। सबै कुरा मिलाएर अघि बढ्ने प्रयास छ।

सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो। पार्टीलाई झगडाको अवस्थामा नपुयाई एकतावद्ध भएर अघि बढ्नुपर्छ। अन्तिमसम्म पनि हामी पार्टीलाई एक बनाएर लैजाने आशमा छौँ ।

पार्टीभित्रको त्याग र बलिदानलाई स्मरण गर्दै सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार