२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कांग्रेस बैठक : 'राष्ट्रिय सभाका उम्मेदवार टुङ्गो लगाइँदै '

सोमवार , पौष २१, २०८२

 

काठमाडौँ, पुस । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने विषयमा छलफल गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिका नेता तथा पार्टीका प्रदेश सभापतिहरुले आ- आफ्नो धारणा राखेका छन ।

पौडेलले भने, आजको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सबै प्रदेश सभाका सभापतिहरु आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो । हाम्रो पार्टीको विधानतः सम्बन्धित प्रदेशको सभापति अनिवार्य उपस्थिति गराउने भन्ने छ ।

बैठकमा १६ जना नेताहरुले  धारणा राखेका छन । उनले राष्ट्रिय सभाका लागि उम्मेदवार भोलि पुनः बस्ने बैठकले टुङ्गो लगाउने बताए ।

उनले भने, ' आजको बैठक शतप्रतिशत राष्ट्रिय सभाका उम्मेदवार टुङ्गो लगाउन छलफल भएको हो । त्योभन्दा अरु कुनै एजेण्डामा छलफल भएन । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा भोलि हामी टुङ्ग्याउँछौँ ।'

उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्ने छ ।

बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले आ- आफ्नो धारणा व्यक्त गरेका थिए ।

यस्तै, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) ले आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार