२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

मुलुक निर्वाचनतर्फ गयो, अन्यौलता छैन : अध्यक्ष प्रचण्ड

बुधवार , पौष १६, २०८२

 

काठमाडौँ, पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड' ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

संयोजक दाहालले अब मुलुकमा के होला भन्ने अन्यौलता हटेको र सबै राजनीतिक दल र आम जनतालाई निर्वाचनतिर लैजाने वातावरण बनाएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गरे। प्रचण्डले भने, ' अब के होला भन्ने अन्यौल भन्दा अब निर्वाचनको तयारीतिर देश गएको छ।

अहिले शान्ति, स्थायित्व र समृद्धिका धेरै भाषणा गर्नुभन्दा यो बारे हामीले धेरै कुरा गरिसकेका छौं। सरकारले धेरै खालका जटिलता, चुनौतीहरु, समस्या, अपठयारा झेल्दै निर्वाचनको वातावरण बनाएको संयोजक दाहालको निष्कर्ष थियो।

उनले भने, ' सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रका सबै प्रतिनिधि, मिडियाकर्मी पनि सबै बसेर एउटा सर्वपक्षीय सहमतीद्वारा अगाडि बढने संकल्प गर्ने वातावरण बनाउने भएको मैले महसुस गरेको छु।'

अब अहिले त देश अन्यौलमा छैन भन्ने हामी सबैलाई लागेको छ। प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु तपाईंहरुलाई निकै अप्ठयारो भएको महसुस हामीले गरेका छौँ।

धेरै खालका जटिलताहरु, चुनौतीहरु, समस्याहरु, अपठयाराहरु झेल्दै निर्वाचन नै हो देशलाई निकास दिने अर्को होइन भनेर जो दृढता तपाईहरुले पर्दशन गरे। अब सबै राजनीतिक दल र आम जनता पनि निर्वाचनको मानसिकतामा अघि बढने वातावरण बनाए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार