काठमाडौं, पुस । जनता समाजवादी पार्टी (जसपा) फुटेको छ। जसपा नेपालबाट फुटेर अशोक राई नेतृत्वमा नयाँ पार्टी जसपा गठन भएको थियो। तर, जसपा सह(अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरू जनता समाजवादी पार्टी नेपालसँग पुनस् एकता गरेका छन्।
सोमबार जसपाका सह- अध्यक्ष रेणु, सचिव प्रदीप यादवसहितका बहुमत केन्द्रीय सदस्यहरूले एकताका लागि सहमतिमा हस्ताक्षर गरेका हुन्।
मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूसहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो,' सहमति पत्रमा भनिएको छ।
पूर्वमन्त्री समेत रहेकी रेणु, पूर्वमन्त्री प्रदीप यादवलगायत एकीकरण प्रक्रियामा सहभागी थिए। एकतापछि प्रदीप यादवले मधेश र मधेशी जनताको अधिकार सुनिश्चित्तताका लागि एकीकृत भएको प्रतिक्रिया दिए।
उनले भने, ' मधेश आन्दोलनको उपलब्धिको रुपमा रहेको संघीयता गणतन्त्रको संरक्षण एवं सम्वर्द्धन तथा मधेश र मधेशी जनताको अधिकार सुनिश्चित्तताका लागि बदलिदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकाले मधेशी जनताको चाहना र जनअपेक्षालाई सिरोधार्य गरी एकता भएको घोषणा गर्दछु । '