काठमाडौं, पुस । नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौँ बुधबार मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय बिहीबार बिहान ७ बजेसम्म थप गरिएको जानकारी एमालेको निर्वाचन आयोगले दिएको छ ।
आयोगको उपाध्यक्षमा सानुराज पोखरेलले बुधबार साँझ ८ बजेसम्म एक हजार १०५ मत खसेको र मतदान रातभर जारी रहने जानकारी दिए । उनले कसैलाई पनि मतदानबाट बन्चित नगरिने पनि स्पष्ट पारे ।
मतदानमा सहभागी हुने प्रतिनिधिहरुको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदानस्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ ।
लामो समयसम्म मतदानका लागि खटिनुपर्दा कतिपय मतदाता बेहोस भएको छन् । विद्युतीय मतदान प्रणाली भए पनि विद्युतीय मतदानमा अभ्यस्त नभएका मतदातालाई मत दिनका लागि कतिपयलाई दुई घण्टासम्म लागेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बुधबार बिहान ९ बजेर १२ मिनेटबाट मतदान सुरु भएको जानकारी दिए ।