२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठक

ओलीको विधान संशोधन प्रस्ताव : पदाधिकारी संख्या १९ पुर्याइयो

आइतवार , मंसिर २८, २०८२

 

काठमाडौँ, मङ्सिर । एमालेको विधान फेरि संशोधन भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्।

अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्याउने निर्णय गरेको छ। यसअघि भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गर्ने निर्णय गरेको थियो भने वरिष्ठ उपाध्यक्ष पद नै हटाइएको थियो।

विधान महाधिवेशन लगत्तै वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। पोखरेलले विद्रोह गर्ने निश्चित भएपछि ओलीले आफ्नै समूहमा नेताहरूलाई व्यवस्थापन गर्ने गरी जेन(जी आन्दोलनलाई कारण देखाउँदै फेरि विधानमा संशोधन गरेका हुन् ।

अब एमाले पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष ५ जना, महासचिव एक जना, उपमहासचिव ३ जना र सचिव ९ जना रहने छन्।

स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सञ्चारकर्मीलाइृ भने, ' बैठकले विधानमा संशोधनमा आवश्यक हेरफेर गरी पदाधिकारी संख्या १९ पुर्याउने र स्थायी कमिटी ४५ सदस्यीय र पोलिटव्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको छ।

बैठक सकिएपछि भृकुटीमण्डपमै ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार