२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सरकारसँग गोविन्द केसीको माग

" स्वार्थ समूहको चलखेलमा भएका निर्णय उल्टाउनुस् "

आइतवार , कार्तिक २३, २०८२

 

काठमाडौँ, कात्तिक। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकार समक्ष माग गरेका छन ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर उनले यस्तो माग गरेका हुन ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार डा. केसीले प्रधानमन्त्री कार्कीसँगको भेटमा विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गर्दै निर्णय उल्टाउनुपर्ने माग गरे ।

प्रधानमन्त्रीसँगको भेटमा डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी, प्रा.डा. जगदीशप्रसाद अग्रवाल टोलीमा थिए । डा. केसीले आफ्नो १० बुँदे ज्ञापनपत्र पनि बुझाएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार