२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्वोच्च अदालत : ' मंसिर १ देखि सबै सेवा सञ्चालनमा आउने '

शुक्रवार , कार्तिक २१, २०८२

 

काठमाडौँ, कात्तिक । जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने भएको छ ।

सर्वोच्चले सूचना जारी गर्दै मंसिर १ देखि सबै खालका मुद्दाको सुनुवाइ जानकारी दिएको हो । २४ भदौको प्रदर्शनका क्रममा सर्वोच्च पूर्ण रुपमा जलेको थियो ।

आगजनी, ढुङ्गामुडा, तोडफोड र लुटपाटसमेतका कारणबाट यस अदालतको अधिकांश भौतिक संरचना, इजलास, चालु मुद्दा तथा सूचना प्रणालीसमेतमा क्षति पुगेको थियो ।

बन्दीप्रत्यक्षीकरण सहित सबै प्रकारका रिट निवेदन, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ का निवेदनहरू मात्र दर्ता एवम् सुनुवाइ हुँदै आएको थियो ।

२० गते बसेको फुलकोर्टले मंसिर १ देखि मुद्दा, पुनरावेदनपत्र, दोहोऱ्याइ पाऊँको निवेदन तथा पुनरावलोकनको निवेदन  सबै प्रकारका मुद्दा तथा निवेदन नियमित रूपमा दर्ता एवम् सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार