२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राउण्ड धवलागिरी : ' सेनाले गर्यो अलपत्र १५ पर्यटकको उद्धार '

शुक्रवार , कार्तिक १४, २०८२

 

काठमाढौँ, कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदी हुँदै राउण्ड धवलागिरी पदयात्रामा गएका तीन विदेशीसहित १५ जना पदयात्रीलाई मुस्ताङबाट खटिएको उद्धार टोलीले फेला पारेको छ ।

धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङको मार्फा झर्ने क्रममा सोमबारदेखि परेको हिमपातका कारण ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना मुस्ताङको हिडन भ्यालीमा अलपत्र परेका थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान फेला पारेको जानकारी दिए ।

उले भने, १२ हजार ८०० फिट माथि टाप्सेडाँडा भन्ने ठाउँमा १५ जनाको टोली र नेपाली सेनासहितको टोली भेट भएका छन् । आज बिहान उनीहरुले सामूहिक रुपमा लन्च पनि गरे । पर्यटकको स्वास्थ्य अवस्था पनि राम्रो छ ।

अहिले याकखर्क भन्ने ठाउँमा आउन लागेका छन् । हिमपात भइरहेकाले पदयात्रामा गएका पर्यटक समस्यामा परेको खबर प्राप्त भएपछि मुस्ताङबाट सुरक्षाकर्मीको उद्धार टोली परिचालन भएको थियो ।

पदयात्रीहरु सोमवार साँझदेखिहिडन भ्यालीमा परेको बाक्लो हिउँमा फसेका थिए । सो स्थान हिडन भ्याली धवलागिरी र सीता हिमाल बिचको पास काटेर तल टुक्चेपीको पछिल्लो पाखामा समुद्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार