२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'मोन्था' चक्रवात प्रभाव : ' वर्षाका कारण तापक्रम घट्दै'

बिहिवार , कार्तिक १३, २०८२

 

काठमाडौँ, कात्तिक । मोन्था' चक्रवातले बिहीबार बिहानदेखि देशका अधिकांश भागमा वर्षा हुँदा तापक्रम घटेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका सबैजसो शहरमा पानी पर्ने देखिएको जनाएको । जसका कारण काठमाडौँ उपत्यकासहित धनगढीको तापक्रम घटेको छ ।

महाशाखाले जारी गरेको विवरणमा आज सबैभन्दा बढि तापक्रम धनगढीमा ( ३१ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम राति जोमसोममा (एक डिग्रीसम्म) पुग्ने देखिन्छ ।

यसैगरी, आज डडेलधुरामा तापक्रम २२, दिपायलमा २९, विरेन्द्रनगरमा २५, नेपालगञ्जमा ३०, जुम्लामा २०, पोखरामा २४ र भैरहवामा २९ डिग्रीसम्म पुग्ने उल्लखे छ ।

त्यस्तै, सिमरामा २८, काठमाडौँमा, २१, ओखलढुङ्गामा १९, धनकुटामा २२, विराटनगरमा २८, धरानमा २७, जनकपुरमा २८, जिरीमा १९ र ताप्लेजुङमा २१ डिग्री तापक्रम रहने महाशाखाले जनाएको छ ।

यसैगरी, मोन्था चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा भइरहेको जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार