२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

केही ठाउँमा भारी वर्षाको सम्भावना

प्राधिकरणले भन्यो : ' आवश्यक नभएसम्म यात्रा नगर्नू '

बिहिवार , कार्तिक १३, २०८२

 

काठमाडौँ, कात्तिक । बंगालको खाडीमा विकसित ' मोन्था' चक्रवातको आंशिक प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

विभागअन्तर्गतकै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन विभिन्न नदीहरूमा आकस्मिक बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबार कोशी, मधेश, बागमती र लुम्बिी प्रदेशका केही जिल्ला भई बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार र शनिबार पनि कोशी, मधेश र बागमती प्रदेश भई बहने स(साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक- दुई स्थानमा भारी हिमपात र कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना देखाएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्राधिकरणले अत्यन्त जरुरी नभएसम्म यात्रा नगर्नसमेत अनुरोध गरेको छ । त्यस्तै प्रभावित हुन सक्ने नदी किनारका बासिन्दालाई पनि सतर्क रहन प्राधिकरणको सुझाव छ ।

त्यस्तै धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन पनि प्राधिकरणको सुझाव छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार