२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

आगामी तीन दिनको मौसम : ' यी क्षेत्रमा हिमपात हुने ! '

बुधवार , कार्तिक १२, २०८२

मौसम विज्ञान विभाग भन्छ

 

काठमाडौँ, कात्तिक । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भू(भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रही एक दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था' मङ्गलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरीसकेको र तत्पश्चात् विस्तारै कमजोर हुँदै उत्तर - उत्तर पश्चिम दिशामा सर्दै आएको छ।

न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू- भाग नजिक आइ पूर्वतर्फ सर्दै बुधबार रातिदेखि कात्तिक १५ गते शनिबारसम्म नेपालको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार