काठमाडौँ, असोज । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मङ्गलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू- भागमा मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी भू- भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । रासस