२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

ओली र लेखकविरुद्धको जाहेरी : 'आयोगले प्रहरीलाई फिर्ता पठायाे '

बिहिवार , आश्विन २३, २०८२


काठमाडौँ, असोज । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता पठाइदिएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निवेदन र कागजात फिर्ता पठाइदिएको भनेको छ । काठमाडौं प्रहरीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम गरिरहेको भन्दै जाहेरी दर्ता गरेको थिएन ।

जाहेरी लिएर सिधै आयोगमा पठाइदिएको थियो । फौजदारी अभियोगमा विस्तृत अनुसन्धान गरी कसूरदार देखिने अवस्थामा अभियोजन गर्ने कार्य आयोगको क्षेत्राधिकारमा नपरेकाले जाहेरी फिर्ता पठाइएको आयोगका सदस्य विज्ञानराज शर्माले जनाएका छन ।

फौजदारी कसूरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानूले अख्तियारी प्रदान गरेको विदितै छ ।

उनले बिद्दप्तिमा भनेका छन्, ' फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२- ०६- २१ को प्रेस विज्ञप्तिको प्रतिलिपिसाथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइदिने ।

उल्लेखित आयोगको विज्ञप्तिमा फौजदारी कसुरमा संलग्नलाई सरकारका संयन्त्रबाट अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने भनिएको थियो ।

आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको भनिएको थियो ।

तीन दिनअघि ओली र लेखकविरुद्ध जाहेरी लिएर सुधन गुरुङ जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार