२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

निर्बाचन आयोग : राजनीतिक दलसँग छलफल - ' असोज ३० मा '

बिहिवार , आश्विन २३, २०८२

 

काठमाडौँ, असोज । निर्वाचन आयोग नेपालले निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल गर्ने तयारी थालेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले असोज ३० गते छलफलका लागि राजनीतिक दललाई पत्र पठाइसकेको जानकारी दिएका छन ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सञ्चारकमीसँग भने, 'निर्वाचनको तयारीका लागि आयोगले संवाद गरिराखेको छ ।

विभिन्न कोणबाट भइरहेका संवादको अतिरिक्त हामीले असोज ३० गते निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएको भए पनि हामीले निर्वाचन आयोगमा छलफल र राय परामर्शका लागि आह्वान गरिसकेका छौँ ।

हामीले पत्र पठाइसकेका छौँ ।' प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुन चाहनेले कात्तिक मसान्त अगावै दल दर्ता गर्नुपर्ने जानकारी दिएका छन । 

फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । नयाँ आउने दललाई हामीले २०८२ साल कात्तिक मसान्त अगावै निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्छ । फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्छ ।

आयोगमा १२२ वटा दल दर्ता भएका छन् । अहिले आयोगमा दर्ता कायम भएका १२२ वटा दल रहेका छन् । यसका अतिरिक्त नयाँ दल दर्ता भइरहेका छन् ।

कात्तिक मसान्त अगाडि दर्ता भएको, प्रमाणपत्र लिएको, निर्वाचनमा आफ्नो घोषणापत्र र कार्यक्रममार्फत् सरिक हुन चाहने दलले चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।

प्रमुख आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि स्रोतको सुनिश्चिता हुन्छ भन्ने विश्वास सरकारले दिलाएको समेत जानकारी गराए । उनले सुरक्षा निकायले चाहेमा निर्वाचनको सुरक्षा चुनौती नहुने प्रष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार