२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मतदाता नामावली : जुनसुकै ठाउँबाट नाम दर्ता गर्नसकिने

बुधवार , आश्विन २२, २०८२

 

काठमाडौँ, असोज । निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयमा गइ मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएको छ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै नाम दर्ता प्रयोजनका लागि सम्बन्धित वेबसाइटसहित जुनसुकै निर्वाचन कार्यालयमा गइ फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराएको हो।

आयोगले काठमाडौँ उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँ, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय ललितपुर र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा गइ फोटो खिचाउन तथा बायोमेट्रिक दिन सकिने बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार