काठमाडौँ, असोज । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू- भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू- भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू- भागमा आंशिक बदली रहने छ ।
गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी तराई भू-भागका एक- दुई स्थानहरूमा मेघगर्जन / चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार आज राती कोशी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू- भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ ।
लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू- भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू- भागका एक / दुई स्थानहरूमा मेघगर्जन /चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस