काठमाडौं, असोज । बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो अपडेट अनुसार मृतकको सङ्ख्या ४९ पुगेको हो ।
उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले सञ्चारकमीलाइ जानकारी दिएका छन ।
थापाका अनुसार मृतकहरुमध्ये इलाममा ३७ जना, उदयपुरमा २ जना, खोटाङमा १ जना र पाँचथरमा ६ जनाको ज्यान गइसकेको छ । त्यसैगरी मधेशको रौतहटमा ३ जनाको ज्यान गएको छ ।
सोही अनुसार बेपत्ता हुनेमा इलाममा एक जना, बारामा १ जना, रसुवामा ४ जना र काठमाडौंमा १ जना गरी ७ जना बेपत्ता छन् ।
सोही अनुसार घाइते हुनेमा इलाममा ७ जना, उदयपुरमा १ जना, खोटाङमा ३ जना, भोजपुरमा २ जना, पाँचथरमा ६ जना र मकवानपुरमा १ जना गरी २० जना छन् ।
