२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

इलाम बाढी पहिरो

खतराको उच्च जोखिममा : 'सोमबार ७ बजेसम्म यातायात बन्द '

आइतवार , आश्विन १९, २०८२

 

काठमाडौँ, असोज । बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, इलामले सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सूचना जारी गर्दै आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताएकी छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा इलाम जिल्ला अझै उच्च जोखिममा रहेको हुँदा सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न अर्को सूचना जारी नभएसम्मका लागि भन्दै सोमबार बिहान ७ बजेसम्मलाई लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा पूर्णतः रोक लगाइएको भनिएको छ ।

इलामका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा परेर २० भन्दा बढीको मृत्यु भएको छ भने विभिन्न ठाउँमा १२ जनाभन्दा बढी बेपत्ता छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार