२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडौँ जोड्ने दुई प्रमुख मार्ग : ' २० गतेसम्म रात्रीकालीन बन्द '

शुक्रवार , आश्विन १७, २०८२

 

मनहरी (मकवानपुर), असोज । संघीय राजधानी काठमाडौँ जोड्ने ऐतिहासिक त्रिभूवन राजपथ र छोटो दूरीको कान्तिलोकपथमा रात्रीकालीन सवारी आवागमनमा प्रशासनले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार साँझ सूचना जारीगरी असोज १७ गतेदेखि २० गतेसम्मका लागि दुबै सडकमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कान्तिलोकप हुँदै काठमाडौँ पुग्ने सडकमा बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र त्रिभूवन राजपथ अन्तर्गतको भैंसे - काठमाडौँ खण्डमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि सवारी आवागनम बन्द गरिएको उल्लेख छ ।

मौसम पूर्वानुमान शाखाले मकवानपुरसहितका जिल्लाहरुमा भारी बर्षाको सम्भावनासहितको सूचना जारी गरेपछि धनजनको क्षति हुन नदिन रात्रीकालीन आवागमनमा रोक लगाउनु परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासन कार्यालयले सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति, स्वयम्सेवकलाई बिपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार