काठमाडौँ, असोज । हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा कायम रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू- भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
तराई भू-भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू- भागमा साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली रहने छ ।
कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।