२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बडादशैँ पर्व

काठमाडौं उपत्यका : ' आज मात्रै दशैँ मान्न एकलाख ११ हजार बाहिरिए '

सोमवार , आश्विन १३, २०८२

 

काठमाडौं, असोज । बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एकलाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौं छाडेका छन् ।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छन ।

अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौं उपत्यकाकाबाट बाहिरिएका बताए । आफूहरूले सहज रूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि उनले दिए ।

ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार