२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस : केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा

शनिवार , आश्विन ११, २०८२

 

काठमाडौं, असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउँदो असोज २६ गते आइतबार बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचना अनुसार बैठक दिउँसो १ः०० बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ ।

बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा हालैको राजनीतिक परिदृश्य, आगामी प्रतिनिधि सभा निर्वाचनका तयारी, सरकारसँगको सम्बन्ध तथा पार्टी संगठनलाई सुदृढ बनाउने विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

नेपाली कांग्रेसले हालैका दिनमा आन्तरिक संगठन विस्तार, नीति तथा कार्यक्रमलाई स्पष्ट पार्ने प्रयास गर्दै आएको छ । पार्टीभित्र देखिएका असन्तुष्टि समाधान, नेतृत्वको भूमिका र आगामी रणनीति यस बैठकका प्रमुख एजेन्डा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार