२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री कार्कीले भनिन् : 'जेन-जी आन्दोलनका दोषीलाई कारबाही हुन्छ '

बिहिवार , आश्विन ९, २०८२

 

काठमाडौँ, असोज । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुने बताएकी छन ।

जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएकी छन ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि सशक्त कानुनी कारबाही गर्ने बताएकी छन । प्रधानमन्त्री कार्कीले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने दाबी गर्दै निर्वाचनमा भाग लिन दललाई आग्रह गरेकी छन ।

उनले विदेशमा रहेका नागरिकलाई समेत मतदानको व्यवस्था गर्ने विषयमा निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारी गराएकी छन ।

प्रधानमन्त्री कार्कीले आन्दोलनकाक्रममा नेताहरुका घरमा भेटिएको रकमका सम्बन्धमासमेत छानबिन सुरु भएको जानकारी गराएकी छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार